logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्छः प्रधानमन्त्री दाहाल

    सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्छः प्रधानमन्त्री दाहाल

    728
    Shares
    सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्छः प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

    बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको पनि बताए । उनले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताए । उनले वर्तमान अवस्थामा पनि जटिलताहरु धेरै रहेको उल्लेख गर्दै इमान्दार कम्युनिष्टहरुको आवश्यक्ता रहेको बताए ।

    उनले भने, ‘अहिले परिस्थिति नयाँ बनेको छ । हामी फेरि पनि सामाजिक रुपान्तरणको निम्ति मैले अहिले सरकारको प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्री मण्डलले सामाजिक न्याय र सुशासन र समृद्धि यात्रालाई नयाँ ढंगले शुरु गर्ने भन्ने एउटा अठोटका साथ अघि बढेका छौँ । सरकार राम्रा बाहेक नराम्रा काम गर्दै नगर्ने गर्दै नगर्ने भनेर लागेका छौँ । सुशासनका लागि हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारीहरुको साथ हुनेछ । जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्न, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ । सामाजिक न्याय र समृद्धिका निम्ति पनि अघि बढेका छौँ ।’

    प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend