काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल जारी छ।
प्रमुख तीन शीर्ष नेतहरुबीचको छलफल चलिरहँदा बैठकमा प्रमुख पार्टीका अन्य नेताहरु पनि थपिका छन् ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले दिएको जानकारी अनुसार बैठकमा तीन दलका उपनेता, प्रमुख सचेतक, सचेतकहरू पनि सहभागी छन् र अहिले छलफल जारी छ ।
बैठकमा माओवादीका कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,प्रमुख सचेतक हितराज पाण्डे, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत उपस्थित छन्।
सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। आजको छलफल विशेषगरी सरकारको नीति तथा कार्यक्रममै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यद्यपि, भुटानी शरणार्थी प्रकरणमा सत्ता गठबन्धनकै हाई प्रोफाइल मुछिएका बेला भइरहेका लगातारका तीन दलको शीर्षस्थ तहको छलफललाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।