logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सम्मानित सर्वोच्च न्यायलयले गरेको फैसला स्वीकार्य छ : रेशम चौधरी

    सम्मानित सर्वोच्च न्यायलयले गरेको फैसला स्वीकार्य छ : रेशम चौधरी

    1.2K
    Shares
    सम्मानित सर्वोच्च न्यायलयले गरेको फैसला स्वीकार्य छ : रेशम चौधरी

    काठमाडौं । टिकापुर अन्दोलनका क्रमका हिंसात्मक घटना गरेको अभियोगमा जन्मकैद सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्ने बताएका छन्।

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीले बुधबार एक वक्तव्य जारी गर्दै अदालतलाई सधैं सम्मान गर्ने बताउँदै फैसला स्वीकार्ने बताएका हुन्।

    चौधरीले भने, ‘टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावकलनको बाटो हाम्रो लागि खुल्ला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं। अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नु पर्दछ।’

    चौधरीले थपे, ‘२०८० जेठ २ गते सर्वोच अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ तर, त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावकलनको बाटो हाम्रो लागि खुल्ला छ।’

    चौधरीले टिकापुर घटनाको फैसलालाई जथाभावी सामाजिक सन्जालमा सम्प्रेषण गर्न समेत अनुरोध गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend