काठमाडाैँ । प्रतिनिधि सभाको बैठक अहिले सुरु भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरूले प्रश्नोत्तर गर्दैछन्।
सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग देशमा उठेका समसामयिक विविध विषयमा आधारित रहेर प्रश्न गर्न लागेका हुन्।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाका बुधबारसम्म २० जना सांसदले प्रश्नबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराइएको छ ।
प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) भएको व्यवस्थाअनुसार आजको बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने छन्।
प्रतिनिधि सभाको नियमावलीमा महिनाको एक पटक प्रश्नोत्तर गर्ने सक्ने व्यवस्था उल्लेख भए पनि मौजुदा संसद्मा पहिलोपटक प्रश्नोत्तर हुन लागेको हो।
१५ जना सांसदमध्ये सत्ता साझेदार दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का ३र३जनाले सांसदले प्रश्न गर्न पाउने छन्।
अहिलेसम्म सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका भने १/१ जना सांसदले प्रश्न गर्नेछन्।