काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको भन्ने आरोप राजनीतिक पूर्वग्रह भएको बताएका छन् ।
संसदमा बिहीबार भएको सवाल–जवाफका क्रममा प्रधानमन्त्री दाहालले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको छु ।’
तर उनले कसैले उजुरी दिएकोमा दोषी देखिएको खण्डमा आफू जेल जान समेत तयार रहेको प्रधानमन्त्री दाहालको भनाई छ ।