logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले ल्याएको नीति तथा कार्यक्रम टालटुले पाराले आयोः सांसद राजकिशोर यादव

    सरकारले ल्याएको नीति तथा कार्यक्रम टालटुले पाराले आयोः सांसद राजकिशोर यादव

    931
    Shares
    सरकारले ल्याएको नीति तथा कार्यक्रम टालटुले पाराले आयोः सांसद राजकिशोर यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरुको संगालोको संज्ञा दिएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले समस्याहरुको पहिचान गरी समाधानका उपायहरुसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताए ।

    उनले विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताए । सांसद यादवले ठूला दलहरु अव पनि नसच्चिए समाप्त भएर जाने चेतावनी समेत दिए ।

    उनले भने, ‘यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ–यो अन्तरविरोधहरुको, कन्फ्युजनहरुको संगालो हो । हामी स्पष्ट हुनुपर्छ अव । आजको यथार्थ यो हो । समस्या यो हो । यसको उपचार यसरी हुन सक्छ । पोलिसीमा डिपाचर नगर्ने, भईरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउछु भनेर गफ दिएर हुन्छ । त्यसैले आज विश्व अर्थ राजनीतिमा देखा परेको बदलाव नेपाली समाजमा देखा परेको आवश्यक्ता र बदलाव र हिजोसम्म हाम्रा जुन प्रकारका दर्शन, मान्यता र हाम्रो जीवन शैली छ । यो तीन वटाको बीचमा तारतम्य भएन भने हामी कहीँ पुग्दैनौं । हामी ठूल्ठूला कुरा गछौं । तर अन्तराष्ट्रिय दातृ संस्थाहरुको रिर्सोस नभई हामी अगाडि बढन सक्दैनौं । ग्लोबल अर्थ व्यवस्थामा देखिएको बदलाव अनुसार अघि बढने चतुर्‍याई सरकारमा भएन भने हामी कहीँ पुग्दैनौं । ठूला दलहरु नसच्चिए सकिन्छन ।’

    सांसद यादवले मुलुक कमजोर हुँदै जानुमा काँग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend