logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्रीले राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

    प्रधानमन्त्रीले राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

    840
    Shares
    प्रधानमन्त्रीले राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची तय भएको संसद सचिवालय स्रोतले जनाएको छ ।

    राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे र १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

    प्रतिनिधि सभामा पनि नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। प्रतिनिधि सभाको बैठक पनि आज बिहान ११ बजे बस्दैछ।

    नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कडारूपमा प्रस्तुत भएको छ।

    आफ्नो नेतृत्वको सरकारको पालामा ल्याइएको, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मदन भण्डारी प्राविधिक विश्वविद्यालयलगायतका कार्यक्रम हटाइएको भन्दै उसले नीति तथा कार्यक्रम पुनर्लेखन हुनुपर्ने बताइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend