logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रुकुम पश्चिम जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

    रुकुम पश्चिम जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

    1.4K
    Shares
    रुकुम पश्चिम जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

    रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।

    आज बिहान भएको जीप दुर्घटनामा चार जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

    दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका– ८ की २२ वर्षीया रेखा केसी खनाल र उनको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

    दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनको भनाइ छ ।

    दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत पठाइएको हो ।

    घाइने हुनेमा सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाँठा मगर, सोही वडाका २२ वर्षीय ललित बाँठा मगर, दुई वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

    अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । सानीभेरी गाउँपालिका– ५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रीता खत्री, २१ वर्षीया कल्पना केसी, ४६ वर्षीया गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाँठा मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

    सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु १ ज १७४७ नं को जीप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो । उकालोमा अनियन्त्रित भएर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend