logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने कुरा विडम्बनापूर्णः डा. शेखर कोइराला

    सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने कुरा विडम्बनापूर्णः डा. शेखर कोइराला

    1.1K
    Shares
    सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने कुरा विडम्बनापूर्णः डा. शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएका यती, ओम्नी, पशुपतिनाथको जलहरीमा भएको अनियमिततासम्बन्धमा संसद्मा प्रश्न उठाउने सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको बताएका छन् ।

    शनिबार तीन शीर्ष नेताबीचको छलफलले माओवादी केन्द्रका सांसद लेखनाथ (राजन) दाहालले जेठ १० गते संसद बैठकमा दिएको अभिव्यक्ति निराधार भएकाले त्यसलाई संसदको रेकर्डबाट हटाउने निर्णय गरेकोमा त्यसैअनुरूप गरिएको थियो ।

    आइतबार सामाजिक सञ्जालमा एक पोस्टमार्फत नेता कोइरालाले संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियतासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोहीअनुरूप कार्य गर्ने कुरा उचित नभएको बताएका हुन् ।

    सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता ढाक्न नसकिने कोइरालाको भनाइ छ । साथै यसले संसदको गरिमालाई पनि जोगाउन नसक्ने उनको भनाई छ ।

    उनले प्रश्न गरेका छन्, ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो ?’

    संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर त्यो देशका आम जनता, नागरिक समाज तथा सञ्चार जगतबाट भने हट्न नसक्ने उनको भनाइ छ ।

    ‘संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन भन्ने कुरा बुझौं,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend