काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टस फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो ।
तेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइ इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो ।
गत सिजन पहिलो पटक आईपीएल खेलेको गुजरातले डेब्यु सिजनमै आईपीएल उपाधि जितेको थियो ।
चेन्नाइ ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा खेल्दैछ भने हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरातले खेल्दैछ ।
‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ । चेन्नाइ र गुजरातबीच अहिलेसम्म चार खेल भएको छ । जसमा गुजरातले तीन खेल जितेको छ भने चेन्नाइले एक खेल जितेको छ ।
गुजरातले दुवै खेलमा चेन्नाइलाई हराएको थियो । यस सिजन पनि घरेलु मैदानमा भएको पहिलो खेलमा गुजरातले चेन्नाइलाई पराजित गरेको थियो ।