logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रेशमकाे रिहाईपछि समर्थकले भने– भूमिपुत्र, लोकतन्त्र र पहिचानवादीको जित

    रेशमकाे रिहाईपछि समर्थकले भने– भूमिपुत्र, लोकतन्त्र र पहिचानवादीको जित

    1K
    Shares
    रेशमकाे रिहाईपछि समर्थकले भने– भूमिपुत्र, लोकतन्त्र र पहिचानवादीको जित

    काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन् ।

    सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए ।

    चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माईतीघरमा आइ आफ्ना समर्थकहरुसँग भेट गरेका छन् । माईतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो । स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुगेका देवराज लामाले टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताए ।

    उनले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उहाँले अहिलेसम्म पनि टिकापुर घटनाका वास्तविक दोषीहरुलाई पक्राउ नगरिएको बताए । उनले आफूहरु अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे ।

    उनले भने, ‘टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको छ । उहाँ घटनास्थलमा हुनुहुँदैन थियो । उहाँले निर्देशन पनि दिनुभएको होइन, अहिलेसम्म पनि टिकापुर घटनाका दोषीहरु समातिएका छैनन् । अहिले पनि छानबिन गरौँ, हामी अहिले पनि भनिरहेका छौँ लाल आयोग, संसदीय सुनुवाईका आयोगहरुको प्रतिवेदन सार्वजनिक गरौँ न सबै थाहा हुन्छ । उहाँ निर्दोष हुनुहुन्छ ।’

    उनले समर्थकहरुले बिरोधका लागि बिरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए । रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend