logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता विद्येयक प्रमाणिकरण गराइनु लोकतान्त्रित संसदीय मान्यता र राष्ट्रहितविरूद्ध छ: रवि लामिछाने

    नागरिकता विद्येयक प्रमाणिकरण गराइनु लोकतान्त्रित संसदीय मान्यता र राष्ट्रहितविरूद्ध छ: रवि लामिछाने

    1.1K
    Shares
    नागरिकता विद्येयक प्रमाणिकरण गराइनु लोकतान्त्रित संसदीय मान्यता र राष्ट्रहितविरूद्ध छ: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ संसदमा छलफल नै नगराई सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध भएको टिप्पणी गरेका छन् ।

    आज राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघिको संसदबाट दुई पटक पारित भएको नागरितासम्बन्धि विद्येयक प्रमाणिकरण भएपछि सभापति लामिछानेले उक्त विद्येयक प्रमाणिकरण गर्नुले राष्ट्रपति जस्तो सम्मानीत संस्थाको मर्यादा पनि उल्लंघन भएको बताएका छन् ।

    सामाजिक सञ्जालमा प्रतिक्रिया राख्दैँ उनले लेखेका छन–‘ नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरा नै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend