काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।
नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छिन् ।
प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्।
प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
द्विपक्षीय भेटवार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर गर्नेछन् । दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलन आयोजना हुनेछ ।
दिल्लीमा राजनीतिक भेटघाटपछि प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशमा जाने कार्यक्रम रहेको छ । उनी जेठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।