काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गलत विधि र प्रकृयाबाट नागरिकता विधेयक प्रमाणिकरण गरिएकोमा आपत्ति जनाउँदै उक्त निर्णय स्वीर्कान नसकिने बताएको छ ।
आज प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता नेपालको राजनीतिक समस्या भएकाले यसलाई प्रकृयासंगत रुपमा नयाँ संसद्मार्फत अघि बढाउनुपर्ने बताए ।
सांसद् परियारले भने, ‘नागरिकता नेपालको राजनीतिक समस्या हो । नागरिकता नपाएर अधिकांश मधेशी समुदायका मानिस सममस्यामा परेका छन् । नागरिकता विधेयकमा हाम्रो समर्थन छैन । यो भुराजनीतिक विषय हो । राष्ट्रिय सुरक्षाको विषय हो । गलत विधि स्विकारिंदैन भने हामी सरकारसँग जबाफ चाहन्छौं । ’