logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दैलेखमा लोपोन्मुख राउटे समुदायका एक जेष्ठ सदस्यको निधन

    दैलेखमा लोपोन्मुख राउटे समुदायका एक जेष्ठ सदस्यको निधन

    5.1K
    Shares
    दैलेखमा लोपोन्मुख राउटे समुदायका एक जेष्ठ सदस्यको निधन

    दैलेख । लोपोन्मुख राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको आज बुधवार निधन भएको छ ।

    सोसेक नेपालको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार अहिले राउटे समुदाय बस्दै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट बस्तीमा उनको निधन भएको हो ।

    हरेक २–३ महिनामा बस्ती सर्दै हिँड्ने नेपालको एक मात्र फिरन्ते जाति राउटे समुदायले मान्दै आएको हिन्दू धर्मसंस्कार अन्तर्गत बुधवार नै जमिन गाडिएको जोडी शिक्षक खत्रीले बताए ।

    मृतकलाई बाँदर मार्ने जालमा गुथेर खाल्डोमा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाएर गाड्ने चलन छ । मूल किरिया कोही बस्न नपर्ने चलन छ ।

    राउटे समुदायका सदस्य कोही निधन भएको ११–१३ दिनबीचको मंगलवार वा शनिवार पारेर सबैले कपडा धुने अनि मृतकको नाम कुखुरा काट्ने प्रचलन रहेको छ ।

    राउटे समुदायका सदस्यहरुको मृत्यु भएपछि बसिरहेको बस्ती एक हप्ताभित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काटेर मासु खाइ शुद्ध हुने वा किरिया सकिने चलन रहिआएको छ ।

    जनसङ्ख्या घट्दै गएको लोपोन्मुख राउटे जातिको जनसङ्ख्या अब एक सय ४१ जना मात्र बाँकी रहेको सरकारी तथ्यांकले देखाउँछ ।

    दैलेख आसपासको क्षेत्रमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता समेत अहिलेसम्म लिएका छैनन् ।

    खेतीकिसानी, पढाइलेखाइ गर्ने र नागरिकता लिन राउटेले मिल्दैन भन्दै उनीहरुले अस्वीकार गर्दै आइरहेका छन् ।

    २०६३ सालदेखि राउटे समुदायका सबै जनाले सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि सहजताका लागि गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरेको छ ।

    राउटे समुदायको स्वास्थ्य सरसफाइ, खानपिन र सामाजिक जीवन सहजीकरण गर्न राउटे समुदाय बस्ती सरेसँगसँगै हिँड्ने गरी सोसेक नेपालले राउटे परियोजना सञ्चालनमा ल्याएको हो ।

    सामाजिकीकरण सवालमा काम गर्न जोडी शिक्षकमा लालबहादुर खत्री, दुर्गा खत्री दम्पति स्वास्थ्य उपचार र परामर्शका लागि अनमी अमृता रोकाय र अहेब बिनोद बीसीले कार्य गर्दै आइरहेका छन् ।

    परियोजनापछि बालबालिकाहरुले अङ्क र अक्षेर लेख्ने स्वेच्छिक अभ्यास गर्ने गरेका छन् भने कुनै घाउ अथवा चोटपटक वा बिसञ्चो हुँदा औषधि उपचार गराउने लगायतका सामाजिक जीवनको अभ्यास गराउने गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend