काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले परिस्थिति अनुकूल बने आफ्नो पार्टीले सरकारमा सहभागिता जनाउने बताएका छन् ।
अध्यक्ष राउतले पछिल्लो समय प्रधानमन्त्रीसँग सरकारमा सहभागिताका विषयमा कुराकानी नभएको यद्यपि परिस्थिति बनेमा र मन्त्रालय खाली भएमा सरकारमा सहभागिजाको ढाका खुल्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीको भारत भ्रम्ण र बजेटले गर्दा कुरा भएको छैन’ अध्यक्ष राउतले भने, ‘परिस्थिति बन्यो भने र (मन्त्रालय) खाली भयो भने सरकारमा सहभागी हुने ढोका खुल्छ ।’
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक मन्त्रिपरिषद विस्तार गर्दा जनमत पार्टीका अब्दुल खाँलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो तर आफूँले रोजेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।
जनमत पार्टीलाई प्रधानमन्त्री प्रचण्डले पुनःसरकारमा ल्याउने तयारीमा रहेको स्रोतको दाबी छ । त्यसका लागि माओवादी केन्द्रकै एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भइरहेको बताइएको छ ।