पूर्वी नवलपरासी । कालिगण्डकी नदीमा बेपत्ता भएका स्थानीय रमेश चालिसेको शव भेटिएको छ।
बेपत्ता भएको स्थानबाट ३ किलोमिटर दक्षिण ब्रिटिस क्याम्प नजिकै आज उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
त्यतिबेला उनीसँगै बेपत्ता भएका चितवन रत्ननगरका २४ वर्षीय सुरज सुवेदीको शव आइतबार फेला परेको थियो ।
अत्यधिक गर्मी छल्न जाँदा उनीहरु हर्दी नजिक गण्डकी नदीमा बेपत्ता भएका थिए ।