logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद

    अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद

    980
    Shares
    अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद

    काठमाडौं । रौतहट जिल्लाको गौर नगरपालिका–२ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

    सशस्त्रका सह प्रवक्ता नायव प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको सो सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।

    यसैगरी, नम्बर ३४ गण कैलालीले जेठ २९ गते सोमबार नै कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुर ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

    बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend