काठमाडौं। काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा गएराति घरायसी विवाद चर्किंदा भाइले प्रहार गरेको खुकुरीबाट दाइको ज्यान गएको छ । २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले बताएको छ ।
जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालका अनुुसार दाइको टाउकोमा खुकुरी प्रहार गरी फरार भएका सुरजलाई काठमाडौं महानगरपालिका–२५ सिघलमा लुकेर बसेको अवस्थामा आज बिहान पौने १० बजे पक्राउ गरिएको हो ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ।