सर्लाही । सर्लाही जिल्लाको बसबरिया गाउँपालिका–५ पोखरिया ईलाकाबाट बुधवार सशस्त्र प्रहरीले ५ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल र बिँडीसहितको दुइ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट अबैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३६ थान मोबाइल र ४ बोरा बिँडी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराले नियन्त्रणमा लिएको हो ।
सामान ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामानसहित मोटरसाइकल छाडी फरार भएका थिए ।
नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।