काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।
सोमबार बिहान पार्टी स्थापना दिवस र ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्तावेजबारे छलफल गर्न बैठक बसेको हो।
रास्वपाको नीति तथा विचार विभागले तयार पारेको राजनीतिक दस्तावेजः सैद्धान्तिक मस्यौदामा पार्टीभित्र धेरै मतभेद रहेको छ। बैठकमा सहभागी एक केन्द्रीय सदस्य का अनुसार उक्त विषयमा आजको बैठकमा छलफल भइरहेको बताइएको छ ।
रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले अनुसार असार ७ गतेको स्थापना दिनको बारेमा छलफल जानकारी दिए ।
असार ७ गते साँझ ७ बजे सातै प्रदेशका ७७ जिल्लामा एक साथ ७७ पटक घन्टी बजाएर यात्रामा ऐक्यबद्धता जनाउन सभापति रवि लामिछानेले कार्यकर्तालई निर्देशन दिइसकेका छन्।