logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पाँचथरमा बढीपहिरोमा फसेका १२ जनाको हेलिकप्टरमार्फत उद्धार

    पाँचथरमा बढीपहिरोमा फसेका १२ जनाको हेलिकप्टरमार्फत उद्धार

    1.4K
    Shares
    पाँचथरमा बढीपहिरोमा फसेका १२ जनाको हेलिकप्टरमार्फत उद्धार

    विराटनगर । पाँचथरमा लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित भई फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

    आज बिहान हिजोदेखि रातीदेखि फसेका ३ घरका १२ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुुसार पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको छ ।

    प्रहरीले पाँचथर याङवारक गाउँपालिका १ का वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको बताएको छ । यसैगरी, ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार गरिएको छ ।

    त्यस्तै, ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी १६ वर्षीया सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend