काठमाडौं । सरकारले भारतीय नक्सामा नेपाली भूमि समेटिएकोबारे वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।
आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले सरकारका तर्फ सो जानकारी दिएका हुन् ।
भारतीय नयाँ संसद भवनभित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको देखिन्छ । त्यो नक्सा सार्वजनिक भएपछि नेपालमा भारतको व्यापक आलोचना हुँदै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा उक्त नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत उनको आलोचना भएको थियो ।