logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकताविहीन नागरिकहरुको आन्दोलनमाथि प्रहरी हस्तक्षेप र दमन निन्दनीय : सांसद सिंह

    नागरिकताविहीन नागरिकहरुको आन्दोलनमाथि प्रहरी हस्तक्षेप र दमन निन्दनीय : सांसद सिंह

    1.6K
    Shares
    नागरिकताविहीन नागरिकहरुको आन्दोलनमाथि प्रहरी हस्तक्षेप र दमन निन्दनीय : सांसद सिंह

    काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गरेका छन् ।

    सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धि विचाराधिन मुद्दालाई किनारा लगाउन ढिलाई गर्न सर्वोच्च अदालतको पनि गम्भिर ध्यानाकर्षण गराए ।

    सांसद सिंहले भने, ‘कही दिनदेखि नागरिकता नपाएकाहरु माईतीघर मण्डलामा धर्नामा बसेका छन । साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नु भएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाईज हुनुहुन्छ । एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चेकेकै छन । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने । त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरुसँग जुट व्यवहार भएको छ । त्यसको भत्सर्ना गर्न चाहन्छु । किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु । ’

    सांसद सिंहले नागरिकता प्राप्तका लागि आन्दोलन गरिरहेका नागरिकमाथि प्रहरी दमन गर्नु कुनै पनि अर्थ उचित नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend