logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलाे परिमाणमा एलएसडी ड्रग बरामद

    नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलाे परिमाणमा एलएसडी ड्रग बरामद

    2.9K
    Shares
    नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलाे परिमाणमा एलएसडी ड्रग बरामद

    काठमाडौं । नेपालमा अहिलेसम्मकै धेरै ठूलो परिणाम अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद गरिएको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) बाट चलाइएको विशेष अपरेशन गर्दा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको हो ।

    ब्यूरोका एसपी चक्रराज जोशीले प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो । उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतमलाई पक्राउ गरिएको थियो ।

    सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य नाइके इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरिएको जोशीले जानकारी दिए। सन् १९६०/७० को दशकमा हिप्पीहरुले नेपालमा लागूऔषध एलएसडी भित्र्याएकोमा पछिल्ला वर्षहरुमा नेपालमा एलएसडीको प्रयोग भएको थिएन्। निकै महँगो पर्ने र स्टिकरका रुपमा विक्री वितरण गरिने यो लागूऔषध नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको आशंका गरिएको जोशी बताए ।

    ब्यूरोका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरीका अनुसार ब्यूरोले समातेको एलएसडीको यो परिमाण अहिलेसम्मकै ठूलो हो । ‘यत्रो परिमाणमा एलएसडी नेपालमा देखिएको थिएन, यसको प्रयोगकर्ता पनि नेपाली नै हुन् भने यो झनै गम्भीर विषय हो’, उनले भने ।

    बरामद एलएसडी स्थलमार्गमार्फत भारतबाट नेपाल ल्याइएको अनुसन्धानका क्रममा खुलेको ब्यूरोका अधिकृतहरुले बताएका छन्। ‘यसको मुख्य व्यक्ति इटालियन नागरिक डेबिड नै हुन्’, जोशीले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend