काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना पर्ने नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् ।
उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए । उनले यदी ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताए । उनले वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताए ।
उनले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको बताए । उनले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताए । उनले नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताए । उनले एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टी जनाए ।
उनले निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको बताए । उनले नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार गर्न आवश्यक रहेको बताए । सांसद भट्टाराई एमालेको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगे पनि निजीकरण गर्यो भनेर काम गर्न नदिइएको बताए । उनले सर्वसाधरण समेतलाई शेयर निस्काषन हुने गरी पब्लिक कम्पनीमा लैजान जरुरी रहेको बताए । उनले त्यसको लागि प्रवन्धपत्र तयार भएको बताए ।
उनले भने, ‘नेपाल वायुसेवा निगम हिमाल सिमेन्ट कारखाना जस्तो बन्न पुगेको छ । कारखानाका कर्मचारीहरु अहिले पनि तलव भत्ता माग गर्दै सडकमा हिँडिराख्नुभएको छ । यदी नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार नगर्ने हो भने यसको हालत त्यही हुन्छ । हाम्रो सरकारको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगेका थियो । तर प्रत्येक वर्ष नीति कार्यक्रममा आउँछ । त्यसपछि निजीकरण ग¥यो भनेर काम गर्न दिइँदैन । पब्लिक कम्पनी र निजी कम्पनी पनि फरक हो भनेर नबुझ्नेहरुले यस्तो टिप्पणी गरिरहेका छन् । यसलाई सर्वसाधरण समेतलाई शेयर निस्काषन हुने गरी पब्लिक कम्पनीमा लानुपर्छ । त्यसको प्रबन्धपत्र तयार पारेका थियौं । मन्त्रालयमा अहिले पनि छ । निगमको संरचनागत सुधार बाहेक अन्य विकल्प छैन । यदी ग्राउण्ड ह्याण्डिलिङबाट उड्डयन प्राधिकरणले पैसा पाउँछ । भोलि अरु कुनै कम्पनीले त्यो भन्दा बढी दिन्छु । भन्यो भने दिने की नदिने ? वायुसेवा निगमले ग्राउण्ड ह्याण्डिलिङ पाएन भने वायुसेवा निगम थला पर्छ । अर्को कुनै विकल्प छैन । नेपाल वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ हो । उडानबाट नाफा छैन । निगमलाई कति कर्मचारी आवश्यकता हो अध्ययन गर्नुपर्छ । ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने हो भने निगम आवश्यक छैन । नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय छन् । वायुसेवा निगमसँग ४ वटा जहाज छन् ३ हजार कर्मचारी किन चाहियो । एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन । त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन ? त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो ? जुन आमाको दुध आउँदैन । आमाको दुध चुसिराख्ने ? त्यो आमाको रगत चुसे जस्तै हो । नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।’
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितम ९० लाख रहेको बताए । उनले पोखरा,भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपनि ती विमानस्थलाई जनतालाई सहजता भन्दा पनि पर्यटकीय विमानस्थल बनाउन आवश्यक रहेको बताए । उनले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय गन्तव्य ठाउँमा भएकाले आफैँले उत्पादन गर्नुपर्ने बताए । उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर गल्ती भएको भन्दै विमास्थल चलाउन सरकारले पनि पहल गर्नु आवश्यक रहेको बताए ।
उनले काठमाडौंको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ९० वटा रहेको र अर्को वर्ष ११० वा ११५ अन्तर्राष्ट्रिय उडान हुने बित्तिकै साँघुरो हुने बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनेको निजगढ बाहेक अन्य हुन नसक्ने भन्दै निजगढ विमानस्थल सरकारले बनाउनै पर्ने बताए । उनले नेपालमा ५५ वटा विमानस्थलहरु रहेपनि धेरै विमानस्थलहरु चल्न नसकेको बताए । उनले विमानस्थल नयाँ थप्ने की नथप्ने भन्ने ठूलो नीतिगत प्रश्न उठेको भन्दै अनाश्वयक रुपमा नयाँ विमानस्थल थप्न आवश्यक नभएको बताए । उनले विमानस्थल व्यवसायिक प्रतिफल,पर्यटन र जनताको सहजताका लागि निर्माण गरिने बताए ।
उनले भने, ‘नेपालमा ५५ वटा विमानस्थलहरु छन् । धेरै विमानस्थलहरु चलिरहेका छैनन् । चल्ने सम्भावना पनि छैन । विमानस्थल नयाँ थप्ने की नथप्ने भन्ने ठूलो नीतिगत प्रश्न हो । मेरो कार्यकालमा तीनवटा आधार बनाएको थिए । विमानस्थलमा व्यवसायीक प्रतिशफल हुनुपर्छ । किनकी हिजो सडक पूर्वाधार थिएन । धेरै विमानस्थलहरु बनाउनु पर्ने आवश्यकता थियो । अहिले यातायातका अन्य पूर्वाधारहरु उपलब्ध छन् । विमानस्थलमा व्यवसायिक प्रतिफल महत्वपूर्ण कुरा हो । किनकी विमानस्थल बनाउन अबौं खर्च हुन्छ । दोस्रो पर्यटकीय गन्तव्य लुक्ला,सिमिकोट जस्था ठाउँहरु अन्यत्र पनि छन भने सरकारले विना संकोच विमानस्थल बनाउनु पर्छ । त्यसले पर्यटकीय हिसावले माथि लैजान्छ । आवश्यकताको आधारमा जनतालाई सेवा दिनको लागि बनाउनु पर्छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिने ठाउँमा विमानस्थलहरु थपिदैछन् । जुन ठाउँमा ४५ मिनेटको दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यहाँ विमानस्थल आवश्यक छैन । फेरि पनि अनाश्यक रुपमा खर्च गरेर विमानस्थल बनाउनु पर्ने आवश्यकता देखिँदैन । पर्यटकको हिसावले ताप्लेजुङको सुकेटार,संखुवासभाको तुम्लिङटार,लुक्ला सोलुखुम्बु,सिमीकोट हुम्ला र ताल्चा मुगु विमानस्थल पर्यटकीय हिसावले महत्वपूर्ण छन् । यी विमानस्थलको सकेसम्म सरकारले स्तर उन्नती गर्ने काम गर्नुपर्छ । भरतपुर विमानस्थल जोखिमपूर्ण छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको छ । यो विमानस्थलको क्षमता अधितम ९० लाख हो । अर्को विमानस्थल चाहिन्छ । पोखरा,भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ भनेका छन् । त्यता सिफ्ट गरे हुन्छ । तर भैरहवा र पोखराले आफैँ उत्पादन गर्ने हो । यी दुवै पर्यटकीय गन्तव्य ठाउँमा भएका विमानस्थलहरु हुन् । ती विमानस्थल बनाएर गल्ती भएको जस्तो लाग्दैन । यी विमास्थल चलाउनुपर्छ । काठमाडौंको विमानस्थलमा अर्को वर्ष ९० लाख पुग्छ । अहिले अन्तर्राष्ट्रिय उडान ९० वटा जति छ । अर्को वर्ष ११० वा ११५ अन्तर्राष्ट्रिय उडान हुने बित्तिकै काठमाडौं विमानस्थल साँघुरो हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनेको निजगढ बाहेक अन्य हुन सक्दैन । निजगढ विमानस्थल सरकारले बनाउनै पर्छ । अर्को विकल्प छ जस्तो लाग्दैन ।’
उनले ताप्लेजुङको सुकेटार,संखुवासभाको तुम्लिङटार,लुक्ला सोलुखुम्बु,सिमीकोट हुम्ला र ताल्चा मुगु विमानस्थल पर्यटकीय हिसावले महत्वपूर्ण रहेको बताए । उनले यी विमानस्थलको सकेसम्म सरकारले स्तरोन्नति गर्न आवश्यक रहेको बताए ।