logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

    ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

    2.8K
    Shares
    ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

    काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणको पुनःअनुसन्धान सुरु गरेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको सीआईबी स्रोतले बतायो । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त रहेका थिए ।

    गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । राणा परिवारसँगको नाता पनि पर्ने उनले ललिता निवासको जग्गा अनियमितता क्रममा पर्दा पछाडिबाट सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले जानकारी दियो ।

    श्रोतको दाबी अनुसार निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend