काठमाडौं । न्यायपरिषदको बैठक आज बस्दै छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने बैठकले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयमा छलफल गरी निर्णय लिने सम्भावना रहेको छ ।
सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश पद रिक्त छन् । यसअघि सोमबार बसेको बैठक कुनै निष्कर्षमा नपुगेरै सकिएको थियो ।