काठमाडौँ । संयुक्त राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले आज (बुधबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा हिजो (मंगलबार) काठमाडौँ आएका हुन्। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा पुगेर हिजो मंगलबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । उक्त भेटमा आपसी चासोका विषयहरुमा छलफल भएको बताइएको छ ।