logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

    ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

    1.2K
    Shares
    ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

    काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतमाथि थप अनुसन्धानका लागि थुनामा राख्न अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको छ ।

    हिजो (मंगलबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अनुमति लिन आज बुधबार जिल्ला अदालतमा पेश गर्दै छ । त्यसैको तयारीका लागि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको हो । अब उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा लगिने प्रहरीले बताएको छ ।

    सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी सरकारी कागजात कीर्तेको आरोपमाथि अनुसन्धान गरिरहेको छ ।

    भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सीआईबीको हिरासतमा लिएर अनुसन्धन सुरु गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend