logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ छलफलको सम्भावित कार्यसूची

    आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ छलफलको सम्भावित कार्यसूची

    952
    Shares
    आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ छलफलको सम्भावित कार्यसूची

    काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ। आज (शुक्रबार) दिउँसो साढे २ बजे उक्त सभाको बैठक बस्दै छ ।

    नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रिय सभाको बैठक बस्ने तय भएको हो ।

    बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक (बजेट) २०८० को सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजन विेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    यसैगरी विद्यालय व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालयको विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसुची रहेको बताइएको छ ।

    मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० मामाथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसुची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend