काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले प्रहरी वृत्त, बानेश्वरबाट खटिएको प्रहरीको टोलीले रौनियारलाई पक्राउ गरेको पुष्टि गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेमा पक्राउ परेका रौनियारविरुद्ध ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गरिएको थियो । बाँकेका एसपी सन्तोष सिंह राठौरले रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको बताए ।
उनी पर्सा–३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । वहालवाला सांसद् हुँदाकै बखत उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दार्ता गराएको थियो ।
उनी संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।