काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ मा बस्ने तय गरिएको बैठकमा मन्त्रालयगत बजेट शिर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने बताइएको छ ।
सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। प्रतिनिधिसभामा छलफल गरी बजेट पारित भइसकेको छ ।