logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • गुडिरहेको बसमा करेन्ट लागेर सल्यानमा २ जनाको मृत्यु, एक गम्भीर घाइते

    गुडिरहेको बसमा करेन्ट लागेर सल्यानमा २ जनाको मृत्यु, एक गम्भीर घाइते

    1.7K
    Shares
    गुडिरहेको बसमा करेन्ट लागेर सल्यानमा २ जनाको मृत्यु, एक गम्भीर घाइते

    बुटवल । गुडिरहेको बसमा करेन्ट लागेर सल्यानमा दुई जनाको ज्यान गएको छ ।

    प्रहरीका अनुसार करेन्ट लागेर रोल्पाको गंगादेब गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको हो ।

    राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिकै झुकेको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट लागेको थियो ।

    बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

    घटनास्थलमा रहेका गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको कपुरकोट जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend