logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारकी प्रवक्ता मन्त्री शर्मा भन्छिन्– औचित्य पुष्टि नहुने विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न

    सरकारकी प्रवक्ता मन्त्री शर्मा भन्छिन्– औचित्य पुष्टि नहुने विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न

    966
    Shares
    सरकारकी प्रवक्ता मन्त्री शर्मा भन्छिन्– औचित्य पुष्टि नहुने विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न

    काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।

    बिहीवार मन्त्रीपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।

    उनले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन् । कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताइन् । उनले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन् । उनले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीबिरुद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोपसमेत लगाइन् ।

    उनले भनिन्, ‘विपक्षीहरुले खास गरेर प्रधानमन्त्रीज्युले एउटा पुस्तक विमोचनमा बोल्नुभएको कुरालाई आधार बनाएर संसदभित्र जुन राजीनामाको माग गरी संसद अवरुद्ध गर्नुभएको छ र संसद अवरुद्ध गरिरहँदा जुन हामीले ल्याएको अध्यादेश थियो, जुन मिटरब्याज सम्बन्धी त्यसको हिजो अन्तिम दिन थियो, त्यो निष्क्रिय हुन पुगेको छ । प्रधानमन्त्रीले राजीनामा दिने की नदिने भन्ने विषय हो, यो विषय नै त्यस्तो होइन की राजीनामा दिनुपर्ने । एउटा कार्यक्रममा गएर बोलेको विषयलाई आधार बनाएर प्रधानमन्त्रीज्युले अन्यथा बोलेको हामीलाई लाग्दैन । प्रधानमन्त्रीज्युले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्नेकुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो । जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । राजीनामा दिनुहुन्न ।’

    मन्त्री शर्माले यस्ता विषयमा प्रधानमन्त्रीको राजीनामा सोच्न नसकिने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend