बारा । जिल्लाको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट आज (शुक्रवार) सशस्त्र प्रहरीले शंकास्पद बिलबिजक भएको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ ।
विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा ईलेक्ट्रोनिक सामानको बिलबिजक शंकास्पद देखिएपछि बरामद गरिएको हो ।
बरामद ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।