कास्की । पाेखरामा वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
लोक सेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु जाँच गर्ने क्रममा ३ जना नक्कली परीक्षार्थी भेटिएका हुन् । गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा हिजो शुक्रबार परीक्षा भएको हो ।
नक्कली परीक्षार्थी कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना पक्राउ परेका हुन्। उनी नाबालक भएकोले प्रहरीले परिचय गोप्य राखेको छ ।
उनीहरुले परीक्षार्थीहरुको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले उनीहरुलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएकोले जानकारी दिए ।