logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलतः महामन्त्री शर्मा

    प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलतः महामन्त्री शर्मा

    1K
    Shares
    प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलतः महामन्त्री शर्मा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् ।

    आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताएका हुन् । उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउनेगरी बोल्न नमिल्ने बताए ।

    त्यस्तै प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताए । उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए । महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराए ।

    उनले भने– ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्‍याउनेगरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो । सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ । बोल्न हेक्का पुर्‍याउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच/पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्नेगरी राजीनामा माग्ने काम पनि नेकपा(एमाले)बाट बेठिक भएको हो । हामी त अपेक्षा के गर्छौं भने हरेक कमजोरीहरुलाई सुधार गर्दै कुनैपनि सरकारले पाँच वर्षसम्म काम गर्नसक्ने अवस्थाको पो परिकल्पना गर्ने हो त ? पाँच वर्षसम्म प्रधानमन्त्री बन्नुभएन भन्ने पाँच/पाँच महिनामा राजीनामा मागिराखेर जाँदै गर्दाखेरी त्यसले जटिलता आउँछ । हरेक घटनामा राजीनामा दिने हो भने विगतमा त्यत्रो कोरोनाको लफडा हुँदाखेरी स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भनेर आयो । त्यसबेलै राजीनामा हुन्थ्यो होला । जनताद्वारा निर्वाचित संसदले पाँच वर्ष काम गर्ने भनेको बिचमा विघटन भएर त्यहाँ राजीनामा हुन्थ्यो होला । राजीनामा माग्ने कुरालाई हलुको र सस्तो प्रमुख प्रतिपक्ष दलले बनाउनु हुँदैन । विवेकपूर्ण मुद्दा उठाउँदै गर्दा आवेगपूर्ण समाधान खोज्न खोजेको कुरा प्रतिपक्ष दलको गल्ती थियो । अब समाधानमा पुग्छ । दुई, तीन दिन लगाएर अन्ततः फेरिपनि प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल निरन्तर रहनुहुनेछ । प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी कित्तामा रहेका जति साथीहरु संसद अवरुद्ध गर्न उभिनुभएको थियो उहाँहरु अब दुई दिन भित्रैमा शान्तपूर्वक बसेर संसद अगाडी बढेको हामीले देख्नेछौँ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend