काठमाडौं। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयले बैठक अब २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर एक मिनेट जाँदा सुरु हुने जनाएको छ ।
भोलि बस्ने बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । विनियोजित विधेयक भोलि नै निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।