logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालन

    काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालन

    1.5K
    Shares
    काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालन

    काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बिहीवारदेखि नेपालीहरुलाई भियतनामी परिकार चखाउने उद्देश्यसहित भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।

    रेष्टुरेण्टका सञ्चालक नविन सारुले नेपालमा विगत १२ वर्षदेखि भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै आएको बताए । उनले नेपालमा पनि भियतनामी खाना खाने मानिसहरु बिस्तारै वृद्धि हुँदै गएको बताए । उनले काठमाडौं उपत्यकाको तीन स्थानमा भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै ५५ जनालाई रोजगारी दिइरहेको बताए ।

    सञ्चालक सारुले नेपाली र विदेशी पाहुनालाई एउटै सत्कार दिने उद्देश्यले रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए । उनले शुरुमा रेष्टुरेण्ट खोल्दा ११ लाख लगानीमा शुरु गरिएको रेष्टुरेण्टमा करिब ६ करोड लगानी लागेको बताए ।

    उनले काठमाडौं उपत्यकाको तीन ठाउँ ललितपुरको झम्सिखेल,बौद्ध र लाजिम्पाटमा सञ्चालन रहेको बताए । उनले रेष्टुरेण्टमा करिव एक सय जना भन्दा बढीलाई एकै पटक सेवा दिन सकिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend