काठमाडौं । काठमाडौंको मण्डिखाटारमा करेन्ट लागेर युवकको ज्यान गएको छ ।
बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ ।
बुढानिलकण्ठ–९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि लगिएको थियो ।
उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।