काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताउँदै उनले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेकोले मौद्रिक नीतिलाई मात्र धेरै भारी बोकाउन नहुने तर्क गरे ।
प्राइभेट फाइनान्स उत्पादनमा केन्द्रित भएर अन्य क्षेत्रमा केही कसिलो हुनुपर्ने उल्लेख गर्दै त्यसले राजस्वमा भने दबाब पार्न नहुने समेत बताए । उनले विगतका पोलिसीले ल्याएका प्रभावको सन्दर्भमा पनि नेपाल राष्ट्र बैंकले बताउनु पर्ने उनको भनाई छ ।
मौद्रिक नीति प्राविधक हो भन्नु भन्दा पनि यसबारे आम नागरिकलाई बुझाउनु जरूरी रहेकोमा उनले जोड दिए। प्राइभेट फाइनान्समा जनताको अवस्था सहता नआएको भन्दै उनले निजी क्षेत्रको कर्जा जीडीपी बराबर रहेको बताए । यो विकशित देशकै अनुपातमा रहेको उनले उल्लेख गरे ।