काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताएका हुन् ।
उनले बैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताए । उनले केन्द्रीय कार्यसमिति सदस्यहरुले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताए ।
उनले भने, ‘नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ । यो बैठक जारी छ । भोलि ११ बजेका लागि बैठक तोकिएको छ । केन्द्रिय समितिका सदस्यहरुले बोल्ने क्रम जारुी छ, अझै दुई दिन लाग्न सक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ। भोलि र आईतवार पनि यो क्रम जारी रहन्छ ।’
नेता पौडेलले बैठक शुक्रवार र आईतवार बस्ने बताए । उनले शुक्रवार बिहान ११ बजे बैठक बस्ने बताए ।