logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • टिआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थप

    टिआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थप

    952
    Shares
    टिआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थप

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुंग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ ।

    शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले १५ दिन उपसमितिको म्याद थप गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ थप गरेको बताए ।

    उनले जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न आगामी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई आगामी समितिको बैठकमा उपस्थित हुन आग्रह गरे ।

    उनले भने, ‘समितिको आजको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ । जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न मान्य कानूनमन्त्रीज्युलाई समितिको आगामी बैठकमा आमन्त्रित गर्ने प्रश्ताव पेस गर्दछु ।’

    समितिले कानूनमन्त्री गुरुङले समितिको बैठकमा अभिव्यक्त गरेका कुरालाई आधार मानेर आगामी बैठकमा थप निर्णय लिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend