धनगढी । कैलाली कारागारका एक जना कैदीको ज्यान गएको छ ।
चोरी मुद्दामा कैद सजाँय काटिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको ज्यान गएको प्रहरीले जनाएको छ ।
विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए ।
प्रहरीका अनुसार उनी लामो समयदेखि क्षयरोगबाट पीडित रहेका थिए ।