काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारीमाथि छानबिन गर्दा किन विरोध र अवरोध गर्न खोजिएको हो भनी प्रश्न गरेका छन् ।
‘सरकारलाई म बधाई दिन चाहन्छु। तर, यहाँ दिउँसै रात पार्न खोजिएको थियो । भ्रष्टाचारको छानबिन सुरु गर्दा माननियहरुलाई टाउको नदुखोस्। व्यक्तिको अनुहार हैन उसको गल्ती हेरेर भ्रष्टाचार छानबिनलाई अगाडि बढाउनुपर्छ।’ उनले भने ।
उनले भ्रष्टाचारमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन, सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय प्रश्नहरु पटक–पटक आइरहेको उल्लेख गर्दै उनले सरकारले अहिले केही भ्रष्टाचारमा छानबिन गर्दा किन संसद् अवरोध गरिएको हो भन्दै प्रश्न गरे।
एमालेले सुन प्रकरणमा सुरुमै अवरोध गर्दै प्रश्न उठाएपछि समय लिएर बोल्दै पौडेलले भने ‘हामी अवरोध, विरोध गरेर अनुसन्धान रोक्न खोज्दैछौं कि के गर्दै छौं ?’
दोषीलाई कारबाही गर्दा सांसदहरु खुशी हुनुपर्ने भन्दै उनले यस्ता घटनामा अझ अघि बढाउनुपर्ने बताए ।