काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् । मन्त्री बस्नेतले विद्युत उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना बनाएर अन्तिम चरणमा पुगेको बताए । उनले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्य योजना कार्यसँगै विद्युत उत्पादन र खपतका समस्या सम्बोधन हुने बताए ।
उनले विद्युत उत्पादकहरुले एउटा फाइल पास गर्नको लागि ७ वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी काम गर्ने बताए । उनले ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र विद्युत विकास विभागले तयारी नपुगेको भन्दै फाइल केही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताए ।
मन्त्री बस्नेतले उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ रहेको भन्दै । आगामी एक वर्षमा ४ हजार माथि पुग्ने बताए । उनले मुलुकको अर्थतन्त्रको अवस्थाले विद्युत उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपन र उत्पादन क्षमता बढाउने भनेर मात्रै नहुने अवस्था रहेको बताए ।
उनले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)को वृद्धिलाई ७.२ मा स्थिर राख्न सक्यौं भने आगामी १० वर्षको १२ हजार विद्युत उत्पादन गर्न सक्ने अवस्था रहेको बताए । उनले अर्थतन्त्रलाई स्टेवल बनाउन सक्यौं भने विद्युतको आन्तरिक खपतको क्षमता पनि १२ हजार पुग्ने दाबी गरे ।
उनले आन्तरिक खपत भन्दा बढी भएको विद्युतलाई व्यापार गर्नुको विकल्प नरहेको बताउनु भयो। मन्त्री बस्नेतले वर्तमान अवस्था,सम्भावना,आवश्यकताहरु र अहिले विकशित हुँदै गएको अवस्थाहरुलाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी रहेको उल्लेख गरे ।
उनले भने, ‘उर्जा मन्त्रालयले उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाउने काम करिव पूरा गरेका छौं । स्वतन्त्र उर्जा उत्पादकले उठाएका धेरै विषयहरुलाई मन्त्रालयले व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी त्यसको एक्सन प्लान्ट तयार गरेका छौं । अन्तर मन्त्रालय समन्वय नहुदाँ धेरै फाइलहरु धुम्छन भन्ने मेरो पनि गुनासो गरेको छ । वन मन्त्रालयले तयारी पुगि नसकेकाले फाइल केही दिन ढिला गरिदिन भन्ने गरेको सुनिन्छ । विद्युत विकास विभागतिर पनि त्यस्तै छ । त्यसकारण फाइल गुम्ने कुराको आफैले गम्भिरताका साथ सोच्नु होला । उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ छ । आगामी वर्ष ४ हजार माथि पुग्छौं । सरकारको प्रक्षेपन र उत्पादन क्षमता बढाउँछौं भनेर मात्रै हुँदैन । मुलुकको अर्थतन्त्रको अवस्था कस्तो हुन्छ । त्यसले निर्धारण गर्ने कुरा हो । अहिले मन्त्रालयले यदि हाम्रो जिडिपीको ग्रोथ रेट ७.२मा राख्न सक्यौं भने आगामी १० वर्षको १२ हजार विद्युत उत्पादन गर्न सक्छौ. । अर्थतन्त्रलाई स्टेवल बनाउन सक्यौं भने विद्युतको आन्तरिक खपतको क्षमता १२ हजार पु¥याउँछौं । विकासको क्रमलाई बदल्न सक्यौं भने तलमाथि बड्न पनि सक्छ । आन्तरिक खपत भन्दा बढी भएको विद्युतलाई व्यापार गर्नु पर्छ । अहिलको अवस्था,सम्भावना,आवश्यकताहरु र अहिले विकशित हुँदै गएको अवस्थाहरु छन् । यी सबै कुरालाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी छ । सरकारले २५ हजार विद्युत उत्पादन गर्ने गरी उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको छ । सरकारले अब लक्ष्य मात्रै राख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावट विद्युत उत्पादन हुन सक्ने आयोजनाहरु कुन–कुन हुन । त्यसको लिष्ट तयार गछौं । २५ हजार भार धान्न सक्ने पूर्वाधार,ट्रान्समिसन लाइन र सवस्टेशनहरुको निर्माण गछौं । त्यसको लागि विद्युत उत्पादनका लागि लगानीको वातावरण बनाउने काम गर्नु पर्ने छ ।’
उनले सरकारले २५ हजार विद्युत उत्पादन गर्ने गरी उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको बताए । उनले सरकारले अब लक्ष्य मात्रै राख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावट विद्युत उत्पादन हुन्छ त्यस्ता आयोजनाहरुको लिष्ट तयार पर्ने बताए ।
उनले २५ हजार भार धान्न सक्ने पूर्वाधार,ट्रान्समिसन लाइन र सवस्टेशनहरुको निर्माण र विद्युत उत्पादनका लागि लगानीको वातावरण बनाउने काम गर्ने बताए ।