logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • लम्पी स्किनको रोकथाम र नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउन आग्रह

    लम्पी स्किनको रोकथाम र नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउन आग्रह

    931
    Shares
    लम्पी स्किनको रोकथाम र नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउन आग्रह

    काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार एक विज्ञप्ति जारी गरी लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह गरेका हुन् ।

    ‘लम्पी स्किन महामारीको रोकथाम तथा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबाट पर्याप्त बजेट, कार्यक्रम, औषधि, खोप तथा सबै पालिकाहरुमा पशु चिकित्सक लगायतको व्यवस्थापन गरी यस रोगको पूर्ण रुपमा रोकथाम तथा नियन्त्रण प्रभावकारी ढंगले गर्न र प्रभावित किसानहरुलाई यथाशीघ्र राहत तथा क्षतिपुर्ति उपलब्ध गराई किसानको अधिकारको सम्मान तथा संरक्षण गर्न आयोग राज्यका तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा किसानको पशुधनको क्षति भएको प्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। नेपालमा २०७७ साल आषाढ महिनामा पशुमा पहिलो पटक देखिएको लम्पी स्किन रोग यो वर्ष अझ बढी फैलिएको छ ।

    पशु सेवा विभागबाट प्राप्त तथ्याङ्कअनुसार देशका ७७ वटै जिल्लामा फैलिएको यस रोगका कारण साउन १४ सम्म ४८८८० पशुको मृत्यु भएको छ । यस्तै, ११००४९१ संक्रमित भएकोमा १८३८०१ अझै संक्रमित अवस्थामा रहेका र ६७१० पशु निको भएको विभागका भनाइ छ ।

    यस्तै, हालसम्म ३५०९२६ पशुलाई खोप लगाइएको छ । यसैगरी कुल सङ्क्रमितमध्ये ७८.८५ प्रतिशत निको भएको, १६.७० प्रतिशत संक्रमित रहिरहेको र ४.४४ प्रतिशत पशुको मृत्यु भएको पाइएको छ ।

    खेती लगाउने समयमा पशुमा फैलिएको यो रोग रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रयास भए तापनि रोकथामका लागि जनचेतनामूलक कार्यक्रम प्रभावकारी ढंगले लागू हुन नसकेको आयोगको ठहर छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend