logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • शिवम् सिमेन्टले पायो ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३’

    शिवम् सिमेन्टले पायो ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३’

    1.9K
    Shares
    शिवम् सिमेन्टले पायो ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३’

    काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड ‘ अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३’ र शिवम् सिमेन्टका उपाध्यक्ष निखिल अग्रवाल ‘इंडिविजुअल सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएका छन्।

    ग्रोथ लिडरशीप एकेडेमीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सिमेन्ट र उपाध्यक्ष अग्रवाललाई उक्त छुट्टाछुट्टै दुई अवार्डबाट सम्मान गरेको हो ।

    यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड(२०१९ प्रथमबाट सम्मानित भइसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओपिसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

    कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तरिक व्यवस्थापन, पारदर्शिता, ६० हजारभन्दा बढी सेयर होल्डर एवं कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक(पटक विभिन्न तवरबाट सम्मानित हुँदै आइरहेको छ ।

    नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

    उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो ।

    ग्रोथ सेलर्स प्रा लि  को भगिनी संस्था ‘ग्रोथ लिडरशीप एकेडेमी’ले सन २०१६ देखि ‘सेल्स समिट’ आयोजना गर्दै आइरहेको छ । उक्त समितिको सातौ संस्करण ‘सेल्स समिट २०२३’ अन्तर्गत शुक्रबार सोल्टी होटलमा एक कार्यक्रम गर्दै ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend