logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दीपक-दीपाले १० करोड लगानीमा खोले आईएनआई सिनेमा हल

    दीपक-दीपाले १० करोड लगानीमा खोले आईएनआई सिनेमा हल

    4.1K
    Shares
    दीपक-दीपाले १० करोड लगानीमा खोले आईएनआई सिनेमा हल

    काठमाडौँ । अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् ।

    बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो । गिरी, निरौला र शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचत्रि बनाउनु पनि तपस्या गरे सरह रहेको बताए ।

    उनले आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको सरह भएको उनको बुझाइ छ । उनले पहिला नामका लागि काम गरेपनि पछि नामसँगै पैसा कमाउन थालिएको तर समयलाई चिन्नुपर्ने आवश्यकता औंल्याए । आफूहरुले गर्न नसकेको काम सिनेमा हल सञ्चालन गरेर दीपक र दीपाश्रीले कलाकारको सपना पूरा गरेकोमा खुशी व्यक्त गरे ।

    त्यसैगरी कार्यक्रममा बोल्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली चलचित्र उद्योगले सरकारबाट आवश्यक सुविधा नपाएको गुनासो गरे । उनले निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर हुनुपर्ने बताए । उनले आफ्नो सिनेमा हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend